Rashtriya Dainik

सिरहामा कतै फाइरिङ र फाइटिङ चल्यो, कतै उत्साहपूर्वक मतदान

सिरहा । आज विहान ७ बजेदेखि जारी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान प्रक्रिया सिरहामा समग्र रुपमा शान्तिपूर्ण भइरहेको छ ।

आज विहान कर्जन्हा नगरपालिका ६ मा जसपा र एकिकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फाइर गरेको थियो । त्यसको केहिबेरपछि मतदान सुरु भयो ।

यस्तै अर्नमा गाउँपालिका ३ गौरीपुरमा पनि मतदान गर्न लाइनमा लाग्ने विषयमा विवाद चर्केपछि प्रहरीले लाठीचार्ज गरेको थियो । तर धेरैबेर मतदान भने रोकिएन । अहिले त्यहाँ पनि मतदान जारी छ ।

कर्जन्हा र अर्नमा बाहेकका ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित