Rashtriya Dainik

प्रतापपुर ८ को मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकताबीच तनाव

नवलपरासी ,मंसिर ४ ।

पश्चिम नवलपरासीको प्रतापपुर ८ स्थित मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकताबीच तनाव उत्पन्न भएको छ ।

आज उक्त मतदान केन्द्रमा मतदान केन्द्र बाहिर उनीहरुबीच तनाव उत्पन्न भएको हो ।
नेपका माओवादी केन्द्रका कार्यकर्ताहरुले कांग्रेसका कार्यकर्ताले पैसा बाडेर मतदातालाई प्रभाव पार्न खोजेको आरोप लगाएका थिए । तर, कांग्रेसका कार्यकताहरुले भने आफूहरुले त्यसो नगरेको र माओवादीका कार्यकर्ताहरुले झुठो आरोप लगाएको बताएका थिए ।

माओवादीकी जिल्ला कमिटि सदस्य हेमा हरिजनले कांगे्रसका कार्यकताहरुले पैसा बाड्दै गरेका र आफूहरुले त्यसको विरोध गरेको बताइन् ।

त्यस्तै नेपाली कांग्रेसका प्रतापपुर गाउँपालिका सभापति राजु अधिकारीले भने माओवादीले पराजित मानसिकताको कारण झुठो आरोप लगाएको बताएका थिए ।

तनावको वातावरण सिर्जना भएपछि त्यस स्थानमा पुगेका इलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी निरिक्षक नवराज केसीले भने सामान्य तनाव उत्पन्न भएको भएतापनि केही समयमै अवस्था सामान्य भएको बताए ।

तनावको वातावरण सिर्जना भएपछि केही समयको लागि मतदान कार्य नै अवरुद्ध गरिएको थियो ।

मुलुकभरी नै माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएतापनि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ ख मा भने दुवै दलको छुट्टाछुट्टै उम्मेदवारहरु रहेका छन् ।

साभार : Dautari Fm

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित