Rashtriya Dainik

कर्मचारीको लापरबाहीले रोकियो रुपन्देहीका दुई स्थानमा मतदान

काठमाडौँ ,४ मंसिर । निर्वाचन आयोगका कर्मचारीको गल्तीका कारण रुपन्देही क्षेत्र नम्बर–५ का दुई स्थानमा मतदान रोकिएको छ । सालझन्डीस्थित पशुपति मावि मतदान केन्द्र र हरैयास्थित रुद्रपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

पशुपति मावि केन्द्रमा प्रतिनिधिसभातर्फ खस्नुपर्ने ३२ मत कर्मचारीको गल्तीका कारण प्रदेशसभातर्फ खसेपछि मतदान प्रक्रिया रोकिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रवक्ता टेकराज पन्थीले जानकारी दिए ।

रुद्रपुर माविमा पनि त्यसैगरी ६७ मत खसेको जनाइएको छ ।

दुवै स्थानमा उम्मेदवारहरूसहित सर्वदलीय बैठक बसेर पुनः मतदान सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित