Rashtriya Dainik

५ जिल्लामा गोली चल्यो, २७ ठाउँमा होक्स बम, ११ ठाउँमा मतदान स्थगित

काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा हुलदंगा भएपछि विभिन्न ५ जिल्लामा प्रहरीले गोली चलाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार अहिलेसम्म सिरहा, बाजुरा, चितवन, दोलखा र रौतहटमा गोली चलेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले यी जिल्लामा गोली चलाएको हो।

त्यसैगरी विभिन्न २७ ठाउँमा राखिएका होक्स बम (संकास्पद) बस्तुहरु डिस्पोज गरिएको छ।

अहिलेसम्म १६ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो। स्थगीत भएका मध्ये ५ ठाउँको मदतान पुन: सुरु भएको र बाँकी ११ ठाउँको मतदान सुरु हुने प्रक्रियामा रहेको डीआईजी राईले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित