रौतहट ४ मंसिर । रौतहटको गुजारा नगरपालिका–४ स्थित मतदान केन्द्रमा हवाई फायर भएको छ ।
आइतबार बिहान मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए ।
कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी ले सुरक्षा सतर्कता बढाएको छ ।
मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्तकाललाई मतदान स्थगित भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

