नवलपरासी , ४ मंसिर। पश्चिम नवलपरासीको क्षेत्र नं. १ मा मतदान शान्तिपूर्ण तरिकाले भईरहेको छ । देशैभर जस्तो बिहान ७ बजेदेखि मतदान सुरु भएको पश्चिम नवलपरासीमा कुनै पनि अप्रिय घटना भएको छैन ।
बिहानैदेखि सुरु भएको मतदान प्रक्रियामा स्थानीयहरु उत्साहित रुपमा मतदानकेन्द्रमा उपस्थित भएका छन् । ७ बजेदेखि भएको मतदानका लागि झिसमिसेदेखि नै मतदाताहरु मतदान केन्द्रमा पुगेका थिए ।
उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता विनोद चौधरी र जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलगायत राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका पार्टी र केही स्वतन्त्र गरी १६ जना चुनावी मैदानमा छन् । तर, यस क्षेत्रमा प्रमुख प्रतिप्रर्धा विनोद चौधरी र ह्दयश त्रिपाठीबीच नै हुने देखिन्छ ।
यस क्षेत्रमा नेपालका एकमात्र अर्बपति उद्योगी विनोद चौधरी र पटकपटक संसदमा प्रवेश पाईसकेका त्रिपाठीबीचको भिडन्त बडो उत्सुकतापूर्वक हेरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

