Rashtriya Dainik

गुल्मीकाे मालिका गाउँपालिकामा विवादका कारण मतदान स्थगित

गुल्मी – गुल्मीकाे क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका-५ काे छापहिले माध्यमिक विद्यालयमा भइरहेकाे मतदान स्थगित भएकाे छ ।

बिहान मतदान सुरु भएकाे केही समयपछि प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएकाे भन्दै सत्तारूढ गठबन्धनका कार्यकर्ताले विराेध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगित भएकाे हाे ।

मतदान स्थलमा केही समय नाराबाजी भएकाे थियाे । अहिले विवाद समाधानका लागि छलफल भइरहेकाे जनाइएकाे छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित