Rashtriya Dainik

नवलपरासी पश्चिममा पनि सहज वातावरणमा मतदान शुरु

राष्ट्रिय दैनिक / नवलपरासी , ४ मंसिर

पश्चिम नवलपरासीमा पनि विहान ७ बजेदेखि मतदान शुरु भएको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको उम्मेदवार छान्न जिल्लाका मतदाताहरु हर्साेउल्लासका साथ लाईनमा बसेर मतदान गरिरहेका छन् ।

जिल्लामा मतदाताहरु सबै मतदान केन्द्रमा शान्त र सौहार्द वातावरणमा मतदान गर्न पाउँदा निकै खुशी भएर मतदान गरिरहेका छन् ।

जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएकाले यहाँका मतदाताहरु सहज वातारणमा मतदान गरि आ–आफनो उम्मेदवार छान्न मतदान गरिरहेका छन् ।

मतदान केन्द्रहरुमा पुरष, महिला र असक्त अपाङ्गको छुट्टाछुट्टै लाईन बनाइएको छ भने असक्त अपाङ्ख र जेष्ठ नागरिकहरुलाई प्राथमिकतमा राखी मतदान कार्य गराइएको छ ।

मतदान कार्य भयरहित र शान्तीपुर्वक बनाउन जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्थानिय तहको निर्वाचन भन्दा यस निर्वाचनमा बढि साधानश्रोतका साथ बढि सुरक्षकर्मीहरु परिचालन गरिएको छ भने मतदान केन्द्रहरुमा प्रहरीको मोबाईल टोली मार्फत निगरानी गर्ने कार्य भैरहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनु भयो ।

जिल्लामा कुल १२० वटा मतदान स्थल छ भने २८७ वटा मतदान केन्द्र रहेको छ ।

थप १ वटा अस्थायी मतदान केन्द्रपनि छ जुन जिल्ला कारगारमा राखी कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्लामा कुल २ लाख ४० हजार ९३० मतदाता छन् जसमध्ये महिला १ लाख १९ हजार ०६५, पुरुष १ लाख २१ हजार ८६१ र अन्य ४ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा कुल दुई प्रतिनिधिसभा र ४ प्रदेससभा निर्वाचन क्षेत्र रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित