वीरगञ्ज, ३ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्व सन्ध्या पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र तर्फ उम्मेदवारी दिएका अजय द्विवेदी प्रचार प्रचार सामग्रीसहित पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित मिलन चोकमा द्विवेदीलाई स्थानीयहरुले मौन आवादीको क्रममा निर्वाचन लक्षित प्रचार प्रसार सामग्रीसहित पक्राउ गरेका हुन् ।
भिडियो हेर्न यहा किल्क गर्नुस : मौन अवधिमा प्रचार प्रसार सामग्रीसहित अजय द्विवेदी पक्राउ
द्विवेदी सवार बागमती प्रदेश ०१ ०२७ च ७०२४ नम्बर को गाडीबाट स्थानीयहरुले प्रचार प्रसार सामग्रीसहित उनलाई पक्राउ गरेका हुन् ।
मौन अवधिका कर्ममा प्रचार प्रसार गर्न नमिल्ने भएपनि द्विवेदीले निर्वाचन आचार सहिंतालाई उलंघन गर्दै द्विवेदीले प्रचार प्रसार सामग्री बोकेर मतदातालाई प्रभावित गर्न खोजिरहेको अवस्थामा स्थानीयले उनलाई पक्राउ गरेका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयको फितलो निगरानीका कारण द्विवेदीले खुलेयाम निर्वाचनको मौन अवधिका क्रममा प्रचार प्रसार सामग्री लिएर हिंडीरहेको स्थानीयहरुको आरोप छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

