Rashtriya Dainik

ओखलढुंगामा पनि शंकास्पद बस्तु फेला

ओखलढुंगा ,३ मंसिर
ओखलढुंगाको मोलुङ गाउँपालिका ३ र ४ जोड्ने कुल खोलाको पक्की पुलमाथि शंकास्पद वस्तु फेला परेको छ ।

पुलको दुवै मुखमा प्रेसर कुकुर र स्टीलको क्यानमा खतरा लेखेर तार जोडिएको वस्तु फेला परेको हो । शनिबार बिहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको वस्तु विष्फाेटक पदार्थ बम भएको आशंका गरिएको छ ।

शंकास्पद वस्तुसँगै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को चुनाव बहिष्कारसम्बन्धी पोष्टर र पर्चासमेत फेला परेको छ ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाउने र घटनाकाे बारेमा अनुसन्धान गर्नका लागि टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी शुकदेव खनालले जानकारी दिनुभयो ।

निर्वाचनको मुखैमा शंकास्पद वस्तु फेला परेसँगै ओखलढुंगामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित