Rashtriya Dainik

विराटनगरमा अर्को शंकास्पद वस्तु भेटियो

विराटनगर । विराटनगर ३ स्थित खारजीमा खतरा लेखिएको अर्को शंकास्पद वस्तु फेला परेको छ।

शनिबार बिहान १०:३० बजेतिर खारजी स्थित यातायात कार्यालय अगाडि धरान सकड खण्ड बाटोको छेउमा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको हो । उक्त शंकास्पद देख्ने साथ स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त गर्न साथ घटनास्थलमा सुरक्षाकर्मी जाँदै गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित