नवलपरासी , ०३ मंसिर ।
पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरण विपरितको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाईएको छ । आज मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा बर्दघाट १३ मा रहेको दुर्गा आधारभुत माविमा खटिएका मतदान अधिकृत श्याम मणी प्रसाद मण्डल दिउसो मादक पर्दाथ सेवन गरी मतदान केन्द्रमा निदाएका थिए । उनलाई तत्काल जिम्मेवारी बाट हटाई आवश्यक कारवाहीका लागी प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
मण्डल सहायक वन अधिकृत हुन् । उनको स्थानमा बैकल्पिक व्यवस्था गरी कर्मचारी खटाईएको छ । दुई दिन अगाडी निर्वाचन समाग्रि बझ्ने दिन पनि एक जना मतदान अधिकृत मादक पर्दाथ सेवन गरी निर्वाचन अधिकारीहरुसंग झगडा गर्न खोजेपछि जिम्मेवारीबाट हटाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

