मोरङ : मोरङको उर्लाबारी नगरपालिकामा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। सोही नगरपालिका–४ बस्ने २५ वर्षीय गौतम तामाङ सहित ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २६ वर्षीय आसाङ लिम्बु समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
सोही नगरपालिका–६ स्थित तत्काल बन्द रहेको तरुण क्याफेको बाहिर पट्टीको बार्दलीमा पुरानो रिसिबीको कारण दुई पक्षबीच खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न लिम्बु समेत ३ जनालाई खुकुरी सहित पक्राउ गरेको हो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गौतमको बिएण्डसी अस्पताल बिर्तामोड झापामा र अन्य दुई जना सामान्य घाइतेको गोदावरी अस्पताल उर्लाबारी र आश्रय मेडिकलमा उपचार भइरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

