काठमाडौं, २ मंसिर | निर्वाचन आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार तथा सञ्चारमाध्यमलाई मतगणनाको सूचना प्राप्तिमा सहज गराउन प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको आयोगले जनाएको छ । त्यस्तो प्रेस कर्नरमा निर्वाचन अधिृकत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने समेत निर्णय गरेको जनाएको छ । मतगणनाको सुरुआतमा एक पटक वा पालो मिलाएर पत्रकार तथा सञ्चारमाध्यमलाई गणना स्थलको भिडियो र फोटो लिने व्यवस्था मिलाउने समेत आयोगले बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

