राष्ट्रिय दैनिक / नवलपरासी , २ मंसिर
पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका १२ भुमहीमा नमुना मतदान अभ्यास सम्पन्न भएको छ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी राम नगर एकेडेमी सुनवल १२ भुमहीले शुक्रबार नमुना मतदान अभ्यास गरेको हो।

मतदानमा सोही विद्यालयमा अध्ययनरत कक्षा ६,७,८ ,९ र १० का छात्रछात्राले नमुना मतदान गरेका थिए।
‘पहिलो पटक यसरी मतदान गर्न पाउँदा खुसी छु, यसले केही कुरा सिक्ने अवसर मिल्यो,’ विद्यार्थी खुशी भन्डारीले भनिन, ‘अहिले त म विद्यार्थी हो, ‘मतदाता नामावलीमा नाम छैन, मतदाता भएपछि भोट दिन अब सहज हुन्छ।’

निर्वाचनको बेला तयार गरिने सोही अनुसारको सुरक्षित मतदान केन्द्र निर्माण गरी विद्यार्थीहरूलाई नमुना मतदान गराइएको राम नगर एकेडेमी प्राइमरी काेडिनेटर फुलचन प्रजापतिले जानकारी दिए।

विद्यालयका प्न.अ जनक प्रसाद अधिकारीका अनुसार मतदानमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । यस नमुना मतदानले आम मतदाताहरूलाई सन्देश मूलक सूचना प्रवाह हुने प्र.अ अधिकारीले भने ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

