Rashtriya Dainik

मतदाताले म बाट धेरै अपेक्षा राखेको पाए : चौधरी

नवलपरासी , १ मंसिर

निर्वाचन आयोगले आज बेलुका राती १२ बजे देखि चुनावी प्रचार प्रसार गर्न नपाउने गरि आचार सहिता लागू गर्दै छ।
सबै दल तथा उमेदवारहरुले प्रचार प्रसार अभियानलाई आजबाट बिट मारेका छन ।

यसै बिच पश्चिम् नवलपरासी क्षेत्र नबर १ का उमेदवार बिनोद चौधरीले १ महिनाको अवधिमा मतदाताहरुको अवस्था उत्साजनक रहेको बताएका छन।म लगभग सबै ठाउमा पुग्ने कोसिस गरे म बाट जनताले एउटै मात्र कुरा चाहेका छ्न त्यो हो यो क्षेत्रको बिकास उनले भने ।आफुले १ महिनाको अवधिमा जनताका समस्यालाई नजिक बाट नियाल्ने प्रयास गरेको चौधरीको भनाई छ।

जनताले बर्षौ देखि भोगी आएका समस्याको समुचित सम्बोधन नहुदा उनिहरुले म माथि ठूलो बिस्वास र अपेक्षा बोकेका छन मैले आफ्ना एजेन्डालाई सतही रुपमा लागू गर्नु नै मेरो अन्तिम लक्क्ष हो चौधरीले भने।यो क्षेत्रको बिकास मेरा लागि केही चुनौती र अवसर मात्र हो चौधरीले भने।

आस्वासनका चाङ्हरुबाट जनता आजित भएका छन अब बिकासको यात्रा कहि बाट नरोकिने चौधरीको दाबी छ ।चौधरीले आफ्नो निर्वाचन क्षेत्रका सबै मतदाता सग भेटघाट गरेको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित