Rashtriya Dainik

बास नेपालद्वारा बझाङमा ९२ जनालाई आर्थिक सहयाेग

उत्तमकुमार थापा /बझाङ

सुदुरपशचिम प्रदेशकाे बझाङ जिल्लामा रहेका विभिन्न प्रभावित महिला तथा बालबालिकाहरुलाई बास नेपालले आर्थिक सहयाेग गरेकाे छ ।

विगत लामाे समय देखि देशमा भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएकाे बास नेपालले देशका हिँशा प्रभावित तथा दुखि गरिव विपन्न परिवारलाई सहयाेग गर्दै आईरहेकाे पाईन्छ । यसै विच बझाङ जिल्लामा पनि ९२ जना महिला तथा बालबालिकाहरुलाई आर्थिक सहयाेग गरेकाे बास नेपाल बझाङका मनाेसामाजीक कार्यक्रता सरस्वती बाेहराले बताए ।

बाेहराले हामी सँग कुरा गर्दै भन्नू भयाे हामीले विभिन्न क्षेत्रकाे आवाज उठाउदै आईरहेका छाै । जिल्लामा रहेका १२ वटै स्थानीय तहमा पुगेर त्याहाँकाे बस्तु स्थिति बुज्दा धेरै महिला दिदीबहिनीहरु हिँशामा परेकाे देखिन्छ । जसले घरेलु हिँशा बालविवाह बहुविवाह लैङ्गकि हिँशा जस्ता केशहरु देखापर्ने गरेकाे र यस बिषयमा बास नेपालले आवाज उठाउदै आएकाे बताए । जिल्लामा रहेका विभिन्न स्थानमा देश सँघिय सँग्रचनामा गईसकेपछि स्थानीय सरकार भएता पनि यस्ता हिँशामा कमि नआएकाे उनको बुझाइ रहेकाे छ ।

जिल्लाकाे विभिन्न स्थानमा पिडितलाई सहयाेग गर्न जादा हामीले बीउ पुजि स्वारुप बृद्बिविकासकाे लागि दिगाेविकासका लागि सहयनेग गर्ने गरेका छाै । पिडितलाई यस विषयमा बुझ्दा मदिराकाे कारण हिँशामा परेकाे र महिलाले कमाई गर्न नसक्ने,बेरोजगारी भएको कारण अशिक्षित भएको कारण यस्ता हिँशा भएको जनसमुदायमा पाईन्छ ।

यसरी विभिन्न स्थानमा हिँशा देखापरे सँगै जनचेतनामूलक कार्यक्रमकाे आवश्यकता तथा पर्ने देखिन्छ भने अधिकाङ्श केशहरु मदिराको कारण हुने गरेकाे पाईन्छ । हिँशामा परेका केही जटिल केशहरुलाई अहिले युनिसेफ नेपालकाे आर्थिक सहयाेग र बास नेपालकाे सहकार्यमा घरघर गएर सहयाेग गरेकाे पाईन्छ । यस्ता घटनाहरु हुनबाट राेक्न स्थानीय सरकार सँग हातेमालो गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने उदश्यका साथ बास नेपाल लागिपरेको सरस्वती बाेहराले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित