Rashtriya Dainik

अधुरो बिकासलाई पूरा गर्ने बेला आएको छ:चौधरी

नवलपरासी ,१ मंसिर

नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा तर्फका उमेदवार बिनोद चौधरीले यो क्षेत्रका अधुरा बिकास निर्माणलाई पुर्णता दिने बेला आएको बताएका छन ।

नेपाली काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट १४ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उमेदवार चौधरीले महिलाई र युवा हरुलाई उधमी बनाउदै बेरोजगारीको रोगलाई निर्मुल पारीने बताएका थिए।

चौधरीलेभुमीहिन,सुकुम्बासी ,स्वास्थ,शिक्षा लगायतका सस्यालाई ५ बर्ष भित्रमै समाधान गरीने प्रतिबद्धता ब्यक्त गरे।हरेक घरघरमा अब मतदाता सचेत हुनुपर्ने अवस्था छ ताकी प्रतिगामी शक्ति उल्ट्याउने दुष्शाहस कसैले नगरोस चौधरीले भने।आफू गफ मात्र गर्न नभै बास्तवमै जनताका सम्स्यालाई सम्बोधन गर्न राजनीतिमा होमिएको चौधरीले दावी गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित