नवलपरासी ,१ मंसिर
नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले आफ्नै उम्मेदवार विनोद चौधरीलाई हराउन षडयन्त्र गरको बाहिरिएको छ ।
खनाले आफ्ना कार्यकताहरुलाई चौधरी हराउनको लागि दिएको निर्देशन बाहिरिएको हो ।
मंसिर ४ गतेको निर्वाचनमा चौधरीलाई हराउनको लागि उनको निकतम प्रतिस्पर्धि मानिएका जनता प्रगतिशील पार्टिका हृदयस त्रिपाठीलाई भोट हाल्ने वातावरण मिलाउनको लागि उनले निर्देशन दिएका छन् ।
महामन्त्री खनाल नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारको दावेदार रहेका थिए । तर, पार्टिले उद्योगपति विनोद चौधरीलाई उम्मेदवारको टिकट दिइसकेपछि आफ्नो टिकट खोसिएको उनको बुझाई रहँदै आएको छ ।
सुरुवात देखि नै विनोद चौधरीको चुनावी अभियानमा त्यति नखुलेका खनाल केही चुनावी कार्यक्रमहरुमा मात्रै औपचारिकताको रुपमा देखिएका थिए ।
खनालले आफ्ना कार्यकर्ताहरुलाई चौधरी यस पटक निर्वाचित भएको खण्डमा आगामी दिनमा पनि यस क्षेत्रमा राजनिति गरेकाहरुले अवसर नपाउने र विनोद चौधरी, उनका सन्तान तथा त्यस्तै उद्योगपतिहरु हावी हुने बताईरहेका छन् ।
त्यसका निमित्त पनि चौधरीलाई हराउनै नै पर्ने र त्रिपाठीलाई जिताउने उनीहरुको योजना बाहिरिएको हो ।
उनले कार्यकर्ताहरुलाई विनोद चौधरीले समानुपातिक सांसद हुदा नै आफ्नो स्वार्थको लागि करको दर हेरफेर गराउन सक्छन् भने प्रत्यक्ष निर्वाचित भएपछि अर्थमन्त्री बनेर मुलकलाई नै आफ्नो स्वार्थ अनुसार चलाउन सक्ने बताइरहेका छन् ।
अडियो यहाँ छ :
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

