Rashtriya Dainik

यस क्षेत्रको चौतर्फी विकासकालागी मेरो उम्मेदवारी : नेता कण्डेल

राष्ट्रिय दैनिक / नवलपरासी , १ पुष

नेपाली काँग्रेसका नेता एवंम् नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेल (मुन्ना बाबु ) ले यस क्षेत्रको चौतर्फी विकासको एजेण्डा अघि सारेर आफू उम्मेदवार बनेको बताएका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्रको प्रचार प्रसारको क्रममा पाल्हीनन्दन गाउँपालिकामा आयोजित चुनावी प्रचार प्रसार अन्तर्गत घरदैलो अभियानमा मतदातासँग योजना सार्वजनिक गर्दै नेता कण्डेलले मत मागेका हुन ।

सो क्रममा नेता कण्डेलले संविधानको प्रभावकारी कार्यान्वयन सँगै यस क्षेत्रको भैतिक पूर्वाधार निमार्ण, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, राेजगार लगायत विकासका एजेण्डा सहित जनताको माझँ आएको दाबी गरे ।

यस अघि पटक पटक गृह राज्य मन्त्रीको भूमिकामा रहँदा यस क्षेत्रमा कण्डेलले गर्दै आएको कामको उचित मुल्याकंन गर्दै यस पटक समेत कण्डेललाई जनताले काम गर्ने अवसर दिने कांग्रेेसले जनाएका थिए ।

पछिल्लो पटक नेता कण्डेल घरदैलोमा जाँदा समेत मतदाताले कण्डेललाई भव्यरुपमा स्वागत गर्दै आएका छन् । अधिकाशं मतदातको चाहाना नेता कण्डेललाई भेटेर आफ्नो समस्या राख्ने योजनामा छन् । कण्डेलले अहिले मतदातालाई भेटर आफू जनताको सुख दुखमा साथ दिने प्रतिबद्धता जनाएपछि मतदाताले कण्डेलको सुनिश्चित भएको निष्कर्ष निकालेका छन् ।

देशैभर निर्वाचनको माहोल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो ।‘ मुन्ना बाबु यसपालि’ – यो नारा कण्डेलको निर्वाचन क्षेत्रमा सर्वत्र गुञ्जिएको छ ।

लामो समय राजनीति गरेर स्थानीय रूपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ । यस पटक भने जिताएर पठाउने प्रणका साथ चुनावी अभियानमा होमिएको स्थानीय मतदाताहरु बताउँछन् ।

‘सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिइरहेका कंडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रूपमा चिन्दछन्’ स्थानीय मतदाताले पत्रकारहरुलाई भने ‘हाम्रो नेता नै मुन्ना बाबु हो, अरू को उठिरहेको छ चिन्दापनि चिन्दैनौं ।’ दिवङ्गत दाजु भाउजूका नाममा कंडेलले नवलपरासीमा खोलेको आँखा अस्पताल प्रख्यात छ ।

२ पटक सम्म गृहराज्यमन्त्री र एक पटक सांसद बनेर गरेको कामले सर्वत्र चिनिएका उनी काँग्रेस नवलपरासीका पूर्व सभापति समेत हुन् । भने हाल पार्टीका केन्द्रीय सदस्य हुन् । कांगेस केन्द्रीय सदस्य कंडेलको राजनीतिक बिरासत पुस्तौँ पुस्ताको छ । उनकी हजुरआमा बीपी कोइरालाको पालामा संसदीय समितिको एक मात्र महिला सांसद हुन् । कंडेलका बाबु पृथ्वी राज कंडेल समेत पूर्व सांसद हुन् ।

हाल सुस्ता पश्चिम नवलपरासी प्रतिनिधि सभा २ मा उनको उम्मेदवारी रहेको छ।

‘जनताको मनसँग भिजेका नेताको रूपमा चिनिएका कंडेललाई काँग्रेस र राष्ट्रिय राजनीतिमा नै सम्भावना बोकेका ‘लामो दौड’ का युवा नेताका रूपमा चिनिन्छ’ अर्का मतदाता भन्छन् ‘मुन्ना बाबु नै हो यसपालि ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित