ललितपुर,३० कात्तिक
नेवा: विद्यार्थी युनियनले स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा पढ्ने विद्यार्थी भर्नाको माग गर्दै ज्यापू समाज, यललाई मङ्गलबार ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पस र पद्मकन्या क्याम्पसमा २०७४ देखि बिए र २०७८ सालदेखि एमए तहमा नेपालभाषाकाे अध्ययन अध्यापन पुनः सञ्चालन भएको थियो । नेपालभाषा केन्द्रीय विभाग, पाटनमा धेरै अघिदेखि नै स्नातकोत्तर तहमा अध्यापन भइरहेको छ ।
विद्यार्थी भर्ना नभएको खण्डमा बीए तहमा नेपालभाषा कक्षा बन्द हुने अवगत गराउँदै नेवा: विद्यार्थी युनियन अध्यक्ष रीदेन महर्जन व सचिव प्रशान्त डङ्गोलले विद्यार्थी भर्ना गराउन मार्ग राख्दै साे ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
बीए तहमा रत्नराज्यलक्ष्मी क्याम्पसमा दश जना, पद्मकन्या क्याम्पसमा पाँच जना तथा नेपालभाषा केन्द्रीय विभाग, पाटनमा दश जना विद्यार्थीभन्दा कम भएमा नेपालभाषा कक्षा सञ्चालन नहुने सूचना आएको जनाउँदै साे भाषाको संरक्षणका लागि मङ्सिर १५ गतेसम्म विद्यार्थी भर्ना गराउन सम्बद्ध पक्षसँग अपिल गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

