नवलपरासी , ३० कार्तिक
पश्चिम् निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरी बर्दघाट नगरपालिका वडा नम्बर २ को सुखौरा पुगेका छन।
मतदाताका भावनलाई बुझ्न उनी ग्रामीण पहाडी क्षेत्र सुखौरा पुगेका हुन।बर्दघाट नगरपालिका वडा नम्बर २ को सुखौरा सुगम भित्रको दुर्गम क्षेत्र जस्तै छ।बिकास निर्माणका भौगोलिक रुपमा समेत दुर्गम उक्त क्षेत्रमा पुगेर उमेदवार चौधरीले त्यहाको अवस्थालाई नजिकबाट नियालेका छन।मगर समुदायको बाहुल्यता रहेको सुखौरा कृषी,पर्यटनको सम्भावना बोकेको क्षेत्र हो।
सम्भावनाका बिच कृषिको उर्वर भुमी र पर्यटनका हिसाबले उपयुक्त ठाउँ भएपनी त्यसको समुचित प्रयोग हुन नसकेको चौधरीले बताए।सडक सन्जालको समेत भरपर्दो पहुछ नहुदा यहाका नागरिक कठिन जीवन बिताउन बाध्य भएको चौधरीको भनाई थियो।सहज रुपमा राज्यको पहुँच नपुग्नु र नेतृत्वबाट समेत सुखौरालाई उपेक्षा गरिएको उनले बताए।
सबै क्षेत्रमा बिधुतिकरण समेत नभएको सुखौरालाई सडक पुर्वाधारको स्तरोन्नति गरि,होमस्टे सन्चालन गरि यहाका मगर र अन्य समुदायको सस्कृतिको संरक्षण गरि पर्यटकिय गन्तब्य बनाउन सकिने उनले उल्लेख गरे।
यो क्षेत्र मलाई बत्ती मुनिको अँध्यारो महसुस भयो अबको बिकास यी र यस्तै ग्रामिण भेगबाट सुरु गर्नु जरुरी छ उनले भने।सुखौराको सर्वोपरि बिकासका लागि ,आवस्यक सम्भावनाको खोजी गरि आर्थिक उपार्जनको बाटोमा डोर्याउन आफू प्रतिबद्ध रहेको उनको भनाई थियो।यहाको कृषिलाई आर्थिक बिकासमा जोडि स्थानिय उत्पादनको सहज बजारीकरणका लागि आफुले पहल गर्ने चौधरीले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

