Rashtriya Dainik

युवा लक्षि्त सीप तथा उद्यमशीलता,मेरो पहिलो प्राथमिकता : मिर्जा राशिद

कपिलवस्तु, ३० कार्तिक

मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनता प्रगतिशील पार्टी बाट कपिलवस्तु क्षेत्र नं ३(२) प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेता मिर्जा राशिद बेगले युवा लक्ष्यित सीप तथा उद्यमशीलता विकास गर्न प्राथमिकता दिने बताएका छन् ।

क्षेत्रमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै कपिलवस्तु ३(२) का उम्मेदवार बेगले सीप तथा उद्यमशीलता विकास गर्ने तथा कृषिमा आधुनिकीकरण गर्दै किसान लाई प्रत्यक्ष लाभ हुने कार्यक्रम हरू आफू जीते पछि प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

रोजगार सहजताका लागि रोजगार सूचना केन्द्रको निर्माण गर्दै रोजगारीको अवसर सृजना गर्न उद्योग कलकारखाना स्थापना देखि अन्य अवसरको पहिचान गरि क्षेत्रलाई समृद्धिको दिशामा लैजान आफू प्रतिबद्ध रहेको समेत मिर्जा राशिदले बताए।

घरदैलो अभियान अन्तर्गत क्षेत्रका मतदाता लाई कोदालो बोकेको किसान छापमा मतदान गरि क्षेत्रको विकास तथा किसानको भबिष्य राम्रो बनाउन अपिल गरे l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित