वीरगंज –पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी संग भेटघाट गर्नुभएको छ । चुनावी घरदैलोको क्रममा डा.मधुले पालिका अध्यक्ष तिवारी संग भेट्नुभएको हो । त्यस क्रममा डा.मधु बिन्दवासिनीको समस्या बारे पालिका अध्यक्ष तिवारी संग बुझ्नु भयो । शिक्षा , स्वास्थ्य र रोजगारीको बारेमा चर्चा भएको उहाको सचिवालयले जनाएको छ । निर्वाचनमा आफुलाई सहयोग गर्न अग्राह गर्दै डा.मधुले निर्वाचन जिती सकेपछी बिन्दवासिनीलाई केन्द्र बिन्दुमा राखेर काम गर्ने बताउनुभयो । उक्त समयमा जसपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धन बाट डा.मधु प्रदेश सभा सदस्यकी उम्मेदवार बन्नुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

