Rashtriya Dainik

यो लडाई कौरव ओलि र पाच पाण्डवको हो:प्रचण्ड

नवलपरासी , २९ कार्तिक

नेपाकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउदो निर्वाचन केपि ओलि प्रवित्ती को कौरवहरु र पाचदलिय गठबन्धन पाचपाण्डव को भएको बताए।केपि ओलिले जनताको जनमतलाई बिचमै रोक्यो संविधान कुल्चियो,अराजक ता निम्त्यायो ।तसर्थ यो प्रतिगमनका बिरुद्ध यो लडाई महाभारतको जस्तै हो प्रचण्डले भने ।

देशमा पुनः राजतन्त्र उल्टाउने शक्तिहरु हावी भएको बताउदै उनले ती शक्तिरुको प्रतिगमनलाई परास्त गर्न गठबन्धनको जन्म भएको बताए।नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले पश्चिम् नवलपरासी को चौपत्तामा आयोजना गरेको बिशाल आम सभालाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिक परिवर्तनको स्थायित्व हुनु पर्ने उल्लेख गरे ।

मङ्सिर ४ को चुनाव एकप्रकारको जनमत संग्रह जस्तै हो उनले भने गठबन्धनलाई बहुमतले बिजय गराउन आग्रह गर्दछु।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित