Rashtriya Dainik

जनताको निराशा वीच आशाको किरण पलाउदै : सुस्ता पुगेर नेता विनोद चौधरीले भने, यस क्षेत्रका समस्या सामाधान हुन्छन्

नवलपरासी, २९ कात्तिक । नेपाली कांग्रेसका नेता एवंम् पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न. १ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार बिनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सुस्ता गाउंपालिका पुगेर जनताको प्रत्यक्ष समस्या बारे जानकारी लिनुभएको छ ।

च्ुानावी प्रचार प्रसार अन्तर्गत घरदैलो कार्यक्रममा रहेका नेता चौधरी सुस्ता गाउंपालिको विभिन्न वडामा पुगी सो क्षेत्रको समस्या सामाधानका लागि आफनो उम्मेदवारी रहेको र सुस्ताको चौतर्फी बिकासका लागि आफनो महत्वपुर्ण भुमिका रहने विश्वास मतदातालाई दिलाउनु भयो ।

सो क्रममा चौधरीले जनताको समस्या सामाधान प्रति चासो व्यक्त गर्दै सुस्ता क्षेत्रको चौतर्फी विकासमा आगामी दिनमा आफ्नो ध्यान केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नियमित रुपमा मतादाता माझ घरदैलो तथा चुनावी प्रचार प्रसार अभियानमा रहनुभएका नेता चौधरी माझ मतदाताले नियमित रुपमा यस क्षेत्रको समस्या राख्दै सोको सामाधान र विकासका लागि आश राखेको पाईन्छ ।

चुनावी घरदैलो कार्यक्रममा तिब्रता दिदै नेता चौधरी जिल्लाको बर्दघाट, प्रतापपुर र सुस्ताको विभिन्न वडाहरुमा पुगेर मतदाताहरुको समस्या सुन्ने र सोको विकासका लागि भरपुर पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । जिल्लामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका नेता चौधरी प्रति मतदाताहरुको आकर्षण र समर्थन बढदै गएको छ ।

विगत २५ बर्षदेखि यस क्षेत्रमा विकास प्रति ध्यान नपुगेको र यसलाई विकासको क्षेत्रमा उपेक्षामा राखेको नेता चौधरीबले बताउदैै अब यसक्षेत्रको विकासका लागि आफनो उम्मेदवारी रहेको र आफुलाई चुनावमा सहयोग गर्न मतदातामा आग्रह गर्नु भयो । नेता चौधरीले आफु चुनाव जितेमा यस क्षेत्रका समस्या समाधान र विकासमा जनताले लामो समय पर्खिन नपर्ने विस्वास व्यक्त गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित