Rashtriya Dainik

विन्दवासिनी गा.पा.का अध्यक्ष लोसपा र छोरा एमाले

वीरगंज २९ कात्तिक ।
पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीका छोरा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट स्थानिय तहको चुनावमा जित हासिल गरेका विन्दवासिनी गाउँपालिकाका अध्यक्ष तिवारीका छोरा निमेश तिवारी नेकपा एमालेमा प्रवेश गरेका छन् । लोसपाबाट जितेका तिवारीका छोरा बुवाको कामकाज गतिलो नभए पछि छोरा निमेश एमाले प्रवेश गरेको स्थानियहरुले चर्चा गर्न थालेका छन् ।
बुवा छोरा अलग–अलग पार्टीमा रहेको देख्दा तिवारीका परिवारलाई कुर्सीसँग मात्र मतलब रहेको स्थानियहरुले गुनासो गर्न थालेका छन् ।
पालिका अध्यक्ष तिवारी जितेको करिब ६ महिना पुगे पनि पालिकामा एउटा पनि विकास निर्माणको काम अगाडि बढन नसकेकै कारण उनी सँग चुनाव लडेका वडाध्यक्षहरु पनि अन्य–अन्य पार्टी प्रवेश गरिरहेका छन् ।
बुवा प्रमोद तिवारी स्थानिय तहको चुनावको बेला गोप्य रुपमा एमाले सँग साँठगाँठ गरी आफु मात्र निर्वाचित भई वडाध्यक्षका प्रत्यासिहरुलाई हराई शहिद बनाएको आरोप पनि उनि सँगे चुनाव लडेर हारेका वडाध्यक्षहरु बताउन थालेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित