थलारा , २९ कार्तिक
भारतको ब्याङ्लोर भिपिपुरममा बस्दै आएका थलारा गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी छोरी १७ वर्षीया आयुसु थापा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनी कलेजबाट फर्किपछि नुहाउँन जान्छु भन्दै कोठाबाट निष्ककी र घरको पछाडि पट्टी झुण्डिएको अवस्था सोमबार बेलुकी मृत फेला परेकी मृतका मामा पदम धामीले जानकारी दिए ।
उनलाई झुण्डिएको अवस्थामा उनीकि दिदी आर्जु थापाले फेला पारेकी थिइन् । उनका अनुसार आयुषा ब्याङ्लरमै स्टाफ नर्स पढिरहेको थिइन् । घटनाको कारण भने खुल्न सकेको छैन ।उनको सबै परिवार रोजगारीका सिलसिलामा विगत केही वर्षदेखि ब्याङ्लोरमै बस्दै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

