उत्तमकुमार थापा / बझाङ,२९ कार्तिक
देश ब्यापीरुपमा प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन यहीँ मँसिर ४ गते हुने तयारी छ ।
सुदुरपश्चिम प्रदेशको बझाङमा पनि चुनावी सग्रर्मी बढिरहेको पाईन्छ ।बझाङकाे सन्दर्भमा ३ दलिय गठवन्धन एक तर्फ छ भने नेकपा एमाले एक्लै चुनावी मैदानमा छ । चुनावकाे समयमा घरदैलोमा हिडिरहेका नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार युवा नेता ऐन महरले प्रचारप्रसार तिव्र गरिरहेका छन ।
महर चुनावी प्रचारप्रसारमा घरदैलो कार्यक्रम सँगै सुर्मा गाउँपालीकामा पुग्नु भयाे,एक बुढी आमाकाे काखमा हातथाप्दै आमा म युवा तपाईंको छाेरा तपाईंको घरदैलोमा भाेट माग्न पुगेको छु । ३ दलिय गठवन्धन सँग म एक्लै मैदानमा छु । छाेरा आईसक्याे चिन्ता नलिनु, आमाले भन्नू भयाे,अहिले राजनीति परिवर्तन भईसक्याे नयाँ साेचका साथ अगाडि बढेका छाै । तपाईं युवा हाे । हामी मतदान गर्न तयारी छाै । पहिलाको जनप्रतिनिधि विजयी पछि गाउघर फर्कनु भएन । हामी बुढा भए पनि युवालाई नै मतदान गर्छाैं । युवा नेता महरले घरदैलोमा बुढापाकाकाे आर्शिवाद पाएका छन भने,युवाको साथ पाउनु भएको छन ।
जिल्लामा नेकपा एमाले बाट युवा नेता ऐन महर प्रतिनिधि सभामा छन भने, नेकपा एमाले बिद्रोह गर्दै,नेकपा एकीकृत समाजवादी बनेका भानुभक्त जाेशी गठवन्धनकाे तर्फबाट उम्मेदवार छन । ऐन महर अखिलकाे राजनीति गर्दै अनेरास्ववियु केन्द्रीय अध्यक्ष समेत भएको युवा नेता हुन भने ,भानुभक्त जाेशी एक पटक वन तथा भू सँग्रक्षेण मन्त्री सहित साँसद पदमा बसिसकेको नेतामा पर्छन । गठवन्धन र नेकपा एमाले विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

