Rashtriya Dainik

दुई दशक देखि नेपाली काँग्रेसमा रहेका नेता पटेल जसपामा प्रवेश

वीरगंज २९ कात्तिक ।
बिगत दुई दशक देखि नेपाली काँग्रेसमा सक्रिय रहेका वीरगंज महानगरपालिका वडा नं. १५ निवासी शम्भु पटेल नेपाली काँग्रेस परित्याग गरी जसपामा प्रदेश गरेका छन् ।
वीरगंज–१५ मा आयोजिक एक कार्यक्रमका बीच पटेलको नेतृत्वमा दुई दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु जसपमा प्रवेश गरेका हुन् ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा ब्रह्मदेव साह सोनार, नाजीर हुवारी, विशाल पटेल, दिपु यादव, नसिब हवारी, अर्जुन यादव, रामअश्रे सर्राफ, प्रदिप सर्राफल लगायत रहेका छन् । नव प्रवेशीहरुलाई पूर्व बन तथा बतावरण मन्त्री एवं पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदिप यादवले अबिरको टिका र माला लगाएर पार्टी प्रवेश गराएका थिए । नवप्रवेशीहरुलाई स्वागत गर्दै पूर्व मन्त्री यादवले बितेको ५ वर्षमा आफुले गरेको विकासलाई आत्मसात गरी पुनःनिर्वाचित गराउन आग्रह गरेका थिए ।
पार्टी प्रवेश गर्दै शम्भु पटेलले काँग्रेसमा दुई दशक देखि राजनीति गर्दै आए पनि आफुलाई पार्टीले मुल्यांकन नगरी कुनै साथ सहयोग नगरेकोले बाध्य भएर जसपामा प्रवेश गरेको बताए ।
सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, वडा न.१५ का वडा अध्यक्ष रमेश प्रसाद यादव, जसपाका बीरगंज महानगर अध्यक्ष ईश्वर चन्द्र यादव लगायतको सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित