राष्ट्रिय दैनिक / नवलपरासी , २८ कार्तिक
निर्वाचन नजिकिएसंगै नवलपरासी जिल्लाको क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपेन्द्र कुमार अधिकारी घरदैलोमा ब्यस्त देखिन्छन ।
यसो त जनताका प्रीय पात्र मानिने अधिकारी जनताको सेवक बन्ने अटोठका साथ निर्वाचनको मैदानमा होमिएका छन ।
नेकपा एमालेबाट निर्वाचनमा होमिएका अधिकारी आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने सुनवल नगरपालिकाकाे वडा नम्बर ३ र ५ मा गाउँ गाउँ र टोल टोलमा आफ्नो घरदैलो अभियान तथा भेट्घाट अभियान तिब्र बनाएका छन ।

युवाको प्रीय पात्र र वृद्धहरुका आशा मानिने नेता अधिकारीले घरघरमा भोट माग्दै वृद्धहरुको आशिर्वाद समेत प्राप्त गरेका छन ।
नेता अधिकारीले युवा जोश जागँर देखाउदै युवाहरुलाई रोजगारिको अवसर सिर्जना गर्ने योजना रहेको र किसानका समस्यालाइ प्रमुख प्राथमिकतामा राखेको बताएका छन ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

