काठमाडौं,२८ कार्तिक । प्रधान सेनापति प्रभुराम शर्माले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षा तयारी एवं वस्तुस्थितिका बारेमा जानकारी हासिल गरी आवश्यक निर्देशन प्रदान गर्ने उद्देश्यका साथ विभिन्न जिल्लाहरुमा निरीक्षण भ्रमण गरेका छन् ।
उनले सोमबार मकवानपुरको हेटौंडास्थित मध्य पृतना हेडक्वार्टर, सिन्धुलीको माझीटारस्थित ९ बाहिनी अड्डा र सुनसरीको ईटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको दौरान उनले उक्त पृतना हेडक्वार्टर तथा बाहिनी अड्डा तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकिकृत सुरक्षा योजनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन समेत दिएका छन् ।
सोही क्रममा प्रधान सेनापति शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षा सम्बन्धी जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न आग्रह पनि गरे । निरीक्षण भ्रमणमा रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेलको समेत सहभागिता रहेको थियो ।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले मंगलबार पनि मोरङ, उदयपुर, काभ्रेपलान्चोको गण र बाहिनीको भ्रणम गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

