Rashtriya Dainik

तपाईं प्रधानमन्त्री हुने सम्भावना बढ्यो: रामचन्द्र पौडेललाई प्रचण्डले भने

तनहुँ / २८ कार्तिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन्। तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले केपी ओलीले संसद विघटन गरेपछि अहिलेको पाँच दलीय गठबन्धन बनाउन रामचन्द्र पौडेलले ठूलो भूमिका निर्माण गरेकाले आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए।

‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो। उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ। त्यो सम्भावना बढ्यो। तपाईंहरुले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ। त्यसकारणले पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस,’ दाहालले भने।

उनले आफू गोर्खाबाट उमेदवार भएको, तनहुँबाट पौडेल र लम्जुङबाट माओवादीका महासचिव देव गुरुङ उठेका भएकाले यो क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्ने बताए। दाहालले केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेर जनतासँग फेरि भोट माग्ने हैसियत गुमाएको बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित