Rashtriya Dainik

हेटौंडामा मनिषा कोइरालाले ‘जय नेपाल’ भनेपछि…

हेटौंडा ,२८ कार्तिक / एक हप्ताको बीचमा दुई पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व मकवानपुर आइपुगेको छ । सोमबार हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेतृ मनिषा कोइराला आइपुगे ।

मकवानपुरको दुईवटा प्रतिनिधिसभा क्षेत्रमा आफ्ना उम्मेदवार भए पनि राप्रपाले १ नम्बर क्षेत्रमा दीपकबहादुर सिंहलाई प्राथमिकतामा राखेको छ । केही दिनअघि लिङ्देन जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा आएका थिए । त्यतिबेला मनिषा आउने चर्चा भए पनि उनी उपस्थित भएकी थिइनन् । मनिषाले सोमबार भने हेटौँडाको कार्यक्रमलाई सम्बोधन गरिन् ।

उनले नेपाल आमाले बल्ल सही नेतृत्व पाएको भनेर आफूलाई लागेको बताइन् । लिङ्देनप्रति आफूलाई विश्वास लागेर यहाँसम्म आइपुगेको उनले बताइन् । ‘म त्यो विश्वास खोज्न यहाँ उभिएको छु । मलाई पूरा विश्वास छ,’ मनिषाले भनिन् । उनले आफ्नो अमूल्य मत व्यर्थ नदिनुस् भन्दै सही, अलस र समक्ष मान्छे रोज्न आग्रह गरिन् ।

मनिषाले आफ्नो छोटो मन्तव्यलाई बिट मार्दै भनिन्, ‘तपाईंहरूको जय होस्,’ उनले ठूलो स्वरमा फेरि थपिन् ‘जय नेपाल ।’ मनिषाले ‘जय नेपाल’ भन्दा उनीसँगै रहेका युवाहरूले ‘जय राष्ट्रवाद’ भनेर चर्को स्वरमा आवाज दिए । जय नेपाल भनेर मञ्चमा रहेको सोफातिर हिँडिसकेकी उनले फर्किएर फेरि मुठ्ठी कस्दै भनिन्, ‘जय राष्ट्रवाद’ । त्यसपछि युवाहरूले हुटिङ लगाए । मनिषा बीपी कोइरालाकी नातिनी हुन् ।
शिलापत्रबाट ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित