Rashtriya Dainik

भारतमा प्रदीप खड्का डेब्यु अभिनेताको अवार्डले सम्मानित

काठमाडौं । अभिनेता प्रदीप खड्का भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्डले सम्मानित भएका छन् ।

खड्काले चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबबाट फिचर फिल्मतर्फ भारतमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका हुन् । गत बिहीबार देखि आइतबार सम्म भारतको आग्रामा भएको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा उनले आइतबार राती डेब्यू अभिनेताको अवार्ड जित्न सफल भएका हुन् ।

खड्काले आफूले अवार्ड जितेको खुसी सामाजिक सञ्जालमार्फत साटेका छन् । उनले फेसबुकमा हातमा अवार्ड लिएको तस्वीर सेयर गर्दै आयोजकलाई धन्यवाद दिएका छन्।

प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उत्कृष्ट कमाइ गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित