Rashtriya Dainik

आफूलाई टोक्ने सर्प लिएर अस्पताल पुगे यी व्यक्ति

काठमाडाैं |२८ कात्तिक

भारतको उत्तर प्रदेशमा रहेको मऊस्थित जिल्ला अस्पतालमा एक युवक सर्प बोकेर पुगेपछि हंगामा मच्चिएको छ ।

आफूलाई त्यही सर्पले टोकेको भन्दै उपचार गराउन उनले चिकित्सकहरूसँग आग्रह गरे । सर्प देखेर अस्पतालका कर्मचारीहरू तर्सिए ।

सर्प बोकेर जाने युवकको नाम धर्मेन्द्र यादव हो । माछा मार्नका लागि आफूले जाल हालेको अनि त्यस जालमा फसेको एक सर्पले आफूलाई टोकेको उनको भनाइ छ ।

यादवले सर्प मारेर बोरामा राखेका थिए । त्यसपछि उपचार गराउन उनी फतहपुर मंडाव पुगे । कुन सर्पले टोकेको भनी चिकित्सकले सोध्दा उनले बोराबाट निकालेर देखाए । त्यसलाई देखेर चिकित्सकहरू तर्सिए ।

सर्प मरिसकेको छ भनेपछि बल्ल उनीहरू आश्वस्त भए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित