Rashtriya Dainik

प्रशासनले लगायो मादक पदार्थ विक्री र सेवनमा रोक

कपिलवस्तु / २८ कार्तिक

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मादक पदार्थ विक्रि वितरण र सेवन निषेध गरेको छ । आसन्न मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि मादक पदार्थ विक्रि वितरण र सेवनलाई रोक लगाइएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था अनुसार यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा सूचनामा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले कार्तिक २८ गते राति १० बजेदेखि देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन कार्य निषेध गरिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित