Rashtriya Dainik

बालेन र हर्क साम्पाङको फोटो दुरुपयोग गर्दै स्वतन्त्र उम्मेदवार धर्मेन्द्र गिरी

नवलपरासी ,२८ कार्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका निर्वाचन अन्तर्गत नवलपरासी निर्वाचन क्षेत्र नं ०२ का प्रतिनीधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार धर्मेन्द्र गिरीले बालेन् र हर्क साम्पाङको फोटो दुरुपयोग गरेका छन्।

यति बेला घर दैलो अभियानमा रहेका स्वतन्त्र उम्मेदवार धर्मेन्द्र गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपनगरपालिकाका मेयर हर्क साम्पाङका फोटो दुरुपयोग गर्दै प्रचारप्रसारमा हिनेका छन् ।

एक स्थानीयका अनुसार यसरी दुई स्वतन्त्र नगर प्रमुखको फोटो आफ्नो प्रचारप्रसार सामाग्रीमा छापेर हिन्दा जनतालाई भ्रम हुने बताएका छन्।

निर्वाचन आयोगले यसरी नै केही स्वतन्त्र उम्मेदवारले मेयर बालेन र हर्क साम्पाङको नाम प्रयोग गर्दै प्रचारप्रसार गरेकोमा दुवै मेयरलाई निर्वाचन आयोगले पत्र काटेको थियो।

मेयर बालेन साहले निर्वाचन आयोगको पत्रको जवाफ दिँदै मेरो कुनै पनि उम्मेदवारलाई समर्थन न रहेको त्यस्ता उम्मेदवारलाई कार्यवाही गर्न भनेका छन्।

यस्ता स्वतन्त्रको खाल याे जाेडी निर्वाचनमा होममिएका धर्मेन्द्र गिरीलाई निर्वाचन आयोगले कार्यवाही गर्ला की नाहि भन्ने स्थानिय जनमानसमा प्रश्न उठेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित