Rashtriya Dainik

एमालले नागरिकता विधेयक पास हुन दिएन : नेता कण्डेल

नवलपरासी , २८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले नागरिकता विधेयक नेकपा एमालले रोकेको आरोप लगाएका छन् । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता कण्डेलले नागरिकता विधेयक दुई÷पटक तल्लो र माथिल्लो सदनबाट पास गरि प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पठाउँदा पनि विधेयक पास नहुनुमा एमालेको हात रहेको प्रष्ट पार्नु भयो । चुनावी घरदैलोमा रहेको नेता कण्डेल आईतबार पाल्हीनन्दन ६ सनईमा चुनावी कोणसभा सम्बोधन नागरिकता विधेयक पास नहुनुमा एमालकै हात रहेको दावी गर्नु भयो । यहि कारणले चुनावी मैदानमा रहेको एमालेका उम्मेदवारहरुलाई मतदाताले उठाउने यो नागरिकताको विषय फेस गर्नबाट उनीहरुलाई भाग्न परिरहेको छ ।

जन्मसिद्धका सन्ततीलाई बंसजको नागरिकता दिन बर्तमान गठबन्धन सरकारले नागरिकता विधेक दुई÷दुई पटक सदनबाट पास गरि राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाउदा राजनितिक पुर्वाग्राहीका कारण विधेयक प्रमाणिकरण नभएको गठबन्धन सरकारको निष्कर्ष छ । उहाँले राष्ट्रपति भण्डारी नेकपा एमालेबाट चुनिनु भएकाले राष्ट्रपति यस विधेयकको सन्दर्भमा देशको अभिभावकको भुमिका भन्दा राजनितिक पुर्वाग्राहीको भुमिकामा देखिएको नेता कण्डेलले चित्त दुखाई रहेको छ । राष्ट्रपति देशको अभिभावक हुन्छ तर यस विधेयकको सन्दर्भमा उहाँ कुनै दलबाट परिचालित हुनु वा राजनितिध पुर्वाग्राही साध्नु राष्ट्रको अभिभावको भुमिका प्रति प्रश्न चिन्ह खडा हुन्छ, यसमा नेकपा एमालले नै राजनिति खेलेको नेता कण्डेलको आरोप छ ।

देशमा अहिले ५ लाख बढि युवाहरु नागरिकता विहिन छन् । उनीहरु संग नागरिकता नै नभएकाले उच्च पढाई, जागिर, विदेश जाने जस्ता कार्यबाट बन्चित हुनु परेको छ । त्यस्तै बंैक वित्तिय संस्थाको खाता र सरकारी कारोबार समेतको कार्यबाट बन्चित हुनु परिरहेको छ । ‘‘नागरिकता विधेयक पास भएको भए यस्ता युवाहरु नागरिकता पाउथे र उनीहरुको अधिकार पनि सुनिश्चित हुन्थ्यो तर एमालले यसमा षडयन्त्र ग¥यो” नेता कण्डेलले जिकिर गर्नु भयो । आसन्न मंसिर ४ गते हुने निर्वाचनबाट यदि कांग्रेसको नेतृत्व गठबन्धनको सरकार बन्यो भने हामीले नागरिकता विहिनहरुलाई नागरिकता विधेयक पास गरि नागरिक दिने प्रतिबद्धता जाहेर गर्नु भयो ।

देशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भैरहेको छ यहि बेला नागरिकता विरोधी मधेश विरोधी पार्टी नेकपा एमालको मतदाताहरुले भण्डाफोर गर्नु पर्छ, नेता कण्डेलले कोणसभामा जिकिर गुर्न भयो । कोणसभामा विभिन्न नेता कार्यकर्ताहरुले आ–आफनो धारणा राखेको थिए । नेता कण्डेलको क्षेत्रबाट एमालेबाट दिपेन्द्र अधिकारी, राप्रपाबाट धुव्र बहादुर प्रधान, जनमतबाट बिजी चौधरी, स्वतन्त्रबाट धर्मेन्द्र गिरीको उम्मेदवारी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित