नवलपरासी,२७ कातिक
पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाले गाउपालिका भित्र बंगुर पालन गर्दै आएको किसानलाई बंगुर पालन तालिमसँगै प्रविधि हस्तानान्तरण गरेको छ ।
परम्परागत रुपमा बंगुर पालन गरि जिविकोपार्जन गर्दै आएका किसानलाई ब्यवसायिक बंगुर पालन तालिममा आधुनिक तरिकाले पशुपालन गर्नुका साथै सरफाई,पोषण आदीका लागि ब्यवहारिक शिक्षासँगै प्रविधि हस्तान्तरण गरेको हो ।
गाउपालिका भित्र परम्परागत रुपमा ४० जना बंगुर पालन गर्दै आएका किसान छनौट गरि उनीहरुलाई ब्यवसायिक तालिम प्रदान गरि प्रविधि हस्तानन्तरण गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए ।
उनकाअनुसार नर्सही र रुपौलिय गरि दुई स्थानमा तालिम गरिएको थियो । तालिममा सरावल गाउपालिका पशु शाखाका प्रमुख ऐन अर्याल र सुस्ता गाउपालिका पशु शाखाकी प्रमुख इन्द्रा पुनले ब्यवसायिक बंगुर पालन सम्बन्धि प्रशिक्षण दिएका थिए ।
दुई दिने तालिम पश्चात बेल्चा,गन्बुट,दाना,दाना राख्ने बाटा र केही पोषण खाद्य तथा विटामिनहरुको करिब दुई हजार मुल्य बरारबको प्रविधि किट समेत प्रदान गरिएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

