Rashtriya Dainik

स्वतन्त्र उम्मेदवार प्रदिप यादवलाई जिताउन मतदाताहरु अग्रसर

बारा, २८ कात्तिक ।
बारा क्षेत्र नम्बर ३ को (ख)का स्वतन्त्र उम्मेदवार प्रदिप प्रसाद यादवलाई जिताउन मतदाताहरु आफै अग्रसर भएर जुटेको पाईएको छ ।
आईतवार बारा क्षेत्र नम्बर ३ “ख” अन्तर्गत पर्ने कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा, निलकण्ठवा लगायतका टोलहरुमा घरदैलो कार्यक्रम गर्दै स्वतन्त्र उम्मेदवार यादवले आफनो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्न आग्रह गरेका थिए ।
उम्मेदवार यादवलाई जिताउन युवाहरुले काँधमा काँध मिलाएर सहयोग गरिरहेको तथा बृद्धहरुले आर्शिवाद दिईरहेको जनाइएको छ । घरदैलोको क्रममा सयौं युवा, महिलाहरु मत मागिरहेका छन् । उनी प्रति बढेको जनलहर देख्दा उनको जित सुनिश्चित जस्तो भएको मटिअर्वाका बृद्ध रामप्रित प्रसादले बताए ।
बारा लगायत मधेस प्रदेशको बिभिन्न जिल्लाहरुमा बढ्दै गएको भ्रष्टाचारले आजित भएका जनताहरु हाल स्वतन्त्र उम्मेदवारको पक्षमा देखिएको स्वतन्त्र उम्मेदवार प्रदिप प्रसाद यादवले बताए ।
पार्टीका नेताहरु निर्वाचनको समयमा आउने जनतालाई बिभिन्न किसिमको आश्वास दिने बाहेक विकास निर्माणमा केही गर्न नसकेको भन्दै यसपालि स्वतन्त्र उम्मेदवारलाई नै रोेज्ने सियाराम साहले बताए । पार्टीका नेताहरुले विभिन्न सामग्री, रक्सी, मासु बाडेर निर्वाचित हुने सपना अब त्यागे हुन्छ, जनता अहिले बुझने भैसकेकोले जनताले जेलिए पनि आफनो विवेकले भोट दिनेमा आफु विश्वस्त रहेको यादवले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित