राष्ट्रिय दैनिक / धरान , २७ कार्तिक
लियो क्लब अफ धरान घोपाद्वारा नि:शुल्क स्वास्थ शिबिर र जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
लियो क्लबका अध्यक्ष आयुष्मा खत्रीको अध्यक्षता तथा धरान उपमहानगरपालिका वडा न. १४ का वडा अध्यक्ष कृष्ण प्रशाद भट्टराईकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रममा डा. शुशान्त चौधरी, आशुतोष कुमार शाह, शल्मान हैद्वार हुसेन, बिकाश शाह लगाएत आधारभुत स्वस्थ्य केन्द्रका सम्पुर्ण सदस्य र म्यादी प्रहरी, सुरक्षाकर्मी लगाएतकाे उपस्थितिमा भब्य रुपमा कार्यक्रम सम्पन्न गरिएको हाे।
धरान उपमहानगरपालिका वडा न. १४ बिजयपुरको सहयोगमा भएको कार्यक्रममा १५ जनालाई उच्च रक्तचाप , मधुमेह परिक्षण साथै बि.एम आइ ( उचाइ, तौल) जाँच तथा निःशुल्क औषधी वितरण समेत गरिएको हाे।
विहान ८:३० बजेबाट शुरु भएको कार्यक्रममा १५० जनाले सेवा पाएका थिए । जसमा ९ जना मधुमेह , २५ जना उच्चरक्तचाप देखिएको थियो भने बाकीको अबस्था सामान्य रहेको थियो ।
कार्यक्रमबाट समुदायका मानिसहरूलाई उच्चरक्तचाप तथा मधुमेह बारेमा सचेत जराउनु सचेतना फैलाउन रहेको क्लबले जनाएको छ ।
कार्यक्रममा अध्यक्ष खत्रीले समुदायमा सेवा दिनु र सेवा पाउनु नै ठुलो कुरा रहेको बताउदै स्वास्थकर्मीको टोलि लगाएत सहयोग गर्नुहुने सहयोगीहरुलाई धन्यवाद दिनु भएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

