पर्सा २७ कार्तिक
पर्साको पोखरिया नगरपालिका वडा नंबर ५ मा नेकपा एमालेको गाऊ कमिटीले आयोजना गरेको रात्रिसभा तथा पार्टी प्रवेश कार्यक्रममा संचारकर्मी शैलेश साह कानूको नेतृत्वमा नेपाली कांग्रेस प्रतियांग गरी नेकपा एमालेमा दर्जनौ युवा तथा मानिसहरु प्रवेश गरेका हुन । सो पार्टी प्रवेश कार्यक्रम पोखरिया नगरपालिका वडा नंबर ५ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष महेंद्र महतो चाईको सभा पत्तित्वमा सम्पन कार्यक्रमको प्रमुख अतिथि परसा छेत्र नंबर ३ को नेकपा एमालेका प्रतिनिधि सभा सांसदका उम्मेदवार राजकुमार गुप्ता, पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,नेकपा एमाले पार्टीको पर्सा छेत्र नंबर ३ को छेत्रीय सभापति राजेश्वर प्रसाद रौनियार ,नेकपा एमालेका पोखरिया नगर कमिटी अध्यक्ष बिंधाचल ठाकुर लगाएतका ब्यक्तिहरुकाे सहभागिता रहेको थियो । सो पार्टी प्रवेश कार्यक्रममा नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले दोसला ओढ़ाई समान गरेका हुन भने प्रतिनिधि सभा सांसदको उमीदवार राजकुमार गुप्ताले टिका लगाई स्वागत गरेका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

