Rashtriya Dainik

स्वतन्त्र उम्मेदवार सुधिर पटेल प्रति उत्साहजनक जनलहर बढ्दै

वीरगंज २७ कार्तिक।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेल प्रति उत्साहजनक जनलहर बढेको छ । अपराध मुक्त र भ्रष्टाचार मुक्त समाज निर्माणको अभियान सहित स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा उम्मेदवार सुधिर पटेललाई आज घरदैलो कार्यक्रमको अवसरमा मतदाताहरुले साकारात्मक प्रतिकृया दिएका छन् ।
आज बिहान वीरगंज महानगरपालिका वडा नम्बर १३ मूर्लीमा घरदैलो कार्यक्रम संगै वडावासीहरुले पटेललाईनै मत दिने आश्वासन दिएका छन् । सुधिरलाई स्थानीयहरुले घरदैलो कार्यक्रममा सहयोग गर्दै स्वागत समेत गरेका थिए ।
मधेसको बजेटमा अनियमित्ता बढेको र भ्रष्टाचार समाप्त पार्ने तथा जनताको सेवक बनेर काम गर्ने बाचा स“गै स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलको पक्षमा जनताको व्यापक समर्थन देखिएको छ । मतदाताहरुका अनुसार आफुहरु यसपाली हुन गइरहेको प्रदेश सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई नै मत दिने बताएका छन । दुख, सुखका साथिको रुपमा पटेल स्थापीत भएकै कारण आफुहरु स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा भ्रमण गर्दा यसपाली मतदाताहरुले पैसा, रक्सी, मासु आदिको प्रलोभनामा नपरी स्वतन्त्र रुपले विकासको कुरा गर्ने र त्यसलाई मूर्त रुप दिन आफूलाई रोज्ने विचार बनाई सकेको पटेलको बुझाई छ । जितेर गईसके पछाडी जनतलाई ठग्ने परिपाटीको आफूले अन्त्य गर्ने उनले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित