वीरगंज २७ कार्तिक। जसपा–एमाले गठबन्धनको प्रतिनिधीसभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेशसभा सदस्य क्षेत्र २ (क) का उम्मेदवार रामनरेश यादव क्षेत्र नम्बर २ मा प्रभावकारी बन्दै गएको छ । चुनावी घरदैलो अन्तर्गत वीरगञ्ज महानगरपालि वडा २८ मा कुर्मी र यादवप्रति जनलहर देखिएको हो । कुर्मी र यादवको संयुक्त टोली यतिबेला मतदाताको घरदैलोमा पुगेर मत माग्दै हिँडेका छन् ।
चुनावी प्रचारका क्रममा वीरगञ्जज वडा नम्बर–२८ मा रहेको बगही, इनार्वा, दारदारर्वा लगायत क्षेत्रमा रहेका मतदातालाई भेट्दा आफू उत्साहित भएको कुर्मीले बताए ।
‘प्रचारका क्रममा वीरगञ्जको वडा नम्बर–२८ मा देखिएको उत्साहले हाम्रो मनोबल उच्च भएको छ, हामीले अब चुनाव जित्ने निश्चित भइसकेको छ,’ उनले भने ‘जसपा–एमाले गठबन्धनलाई चुनाव जिताउन वडा नम्बर–२८ का मतदाताले गरेको सत्कारले उत्साहित भएका छौं ।’ कुर्मी आईतबार बिहानैदेखि चुनावी प्रचारमा जुटेका थिए ।
पर्सा क्षेत्र नं २ बाट गठबन्धनका साझा उम्मेदवार बनेका कुर्मी र यादवले मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुगेका हुन् । विकासका लागि अब जसपा–एमाले गठबन्धनको विकल्प नरहेको भन्दै प्रदेशसभा सदस्यका उम्मेदवार यादवले मतदातासँग छाता चुनाव चिन्हमा मतदान गर्न आग्राह गरे ।
पूर्वाधार, शिक्षा, स्वास्थ्य, बाटो निर्माण देखि लिएर महिला वालवालिका, जेष्ठ नागरिक र अपाङगता भएकाहरुको अधिकार संरक्षण गर्दै सशक्तिकरण गर्ने, सेवा प्रवाहलाई छिटो छरितो गर्ने लगाएका योजनाहरु सहित मतदाता संग मत माग्दै यादवले आफ्नो समूहलाई मतदान गर्न आग्रह गरेका थिए । घरदैलोका क्रममा स्थानीयले उम्मेदवारलाई स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए ।
चुनावी प्रचारका क्रममा जसपाका जिल्ला सचिव तबरेज अहमद लगायत जसपा–एमाले गठबन्धन नेता तथा कार्यकर्ताको ठुलो संख्यामा उपस्थिती रहेको थियो । शालिन र इमान्दार ब्यक्तित्वको छबि बनाएका नेता कुर्मी युवादेखी बृद्धबृद्धासम्मको ढुकढुकी बनेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

