राष्ट्रिय दैनिक / नवलपरासी , २७ कार्तिक
प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवार देवेन्द्रराज कंडेल अहिले नवलपरासी क्षेत्र नम्बर २ का मतदाताहरुसंग भेटघाट गर्न ब्यस्त रहेका छन ।

अाज पाल्हिनन्दन , रामग्राम नगरपालिका र सुनवल नगरपालिकाकाे बिभिन्न टाेल लगायत विभिन्न क्षेत्रमा घरदैलाे तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएकाे कण्डेलका स्वकीय सचिव कमलकिशाेर रायमाझीले जानकारी दिनुभयाे ।
निर्वाचनको मिति नजिकिँदै गर्दा घरदैलो कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढाईएकाे छ। नेता कणडेल सहित नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य भिम बहादुर थापा भरत , नेपाली काङ्ग्रेस जिल्ला काेषाध्यक्ष उत्तमा राय , जिल्ला सदस्य नरेन्द्र गुप्ता लगाएतका नेता कार्यकर्ताको साथमा घरदैलो अभियानमा लागिएकाे हाे ।

घरदैलोसँगै जनताको समस्या पनि बुझ्दै आएको प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी कण्डेलले बताउनुभयो ।
घरदैलोमा भोट माग्ने मात्र नभएर जनताको समस्याको बारेमा जानकारी लिने गरेको बताईएकाे छ ।

किसानकाे मल समस्या ,बाढिकाे समस्या ,नागरिकता समस्या , स्वास्थ्य , खानेपानी र बेरोजगारी समस्यालाई मध्यनजर गर्दै अाफुले यी समस्या समाधान गर्नकाे लागि निर्वाचानमा अाएकाे बताउनु भयाे ।
अाफु नवलपरासी २ का बासिहरुकाे समस्या समाधान गर्न सक्ने भएको हुदा निर्धक्क भएर अाफुलाई मतदान गर्न आम नागरिकसंग आग्रह गर्दै घरदैलाेमा ब्यस्त रहेकाे बताउनु भयाे ।

देशैभर निर्वाचनको माहोल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो । कण्डेलकाे नाम मुन्ना बाबु बालक देखि बृद्धसम्म सबैले सुनेको र चिनेको नाम हाे।
लामो समय राजनीति गरेर स्थानीय रुपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ ।

यसपटक फेरि जिताएर पठाउने प्रणका साथ चुनावी अभियानमा होमिएको स्थानीय मतदाताहरु बताउंछन् ।
सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिईरहेका कंडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रुपमा चिन्दछन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

