बालकदेखि बृद्धसम्म मुन्ना बाबु परिचित , जनजनमा पुग्दै समस्या बुझ्दै मत माग्न ब्यस्त कण्डेल

राष्ट्रिय दैनिक / नवलपरासी , २७ कार्तिक

प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवार देवेन्द्रराज कंडेल अहिले नवलपरासी क्षेत्र नम्बर २ का मतदाताहरुसंग भेटघाट गर्न ब्यस्त रहेका छन ।

अाज पाल्हिनन्दन , रामग्राम नगरपालिका र सुनवल नगरपालिकाकाे बिभिन्न टाेल लगायत विभिन्न क्षेत्रमा घरदैलाे तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएकाे कण्डेलका स्वकीय सचिव कमलकिशाेर रायमाझीले जानकारी दिनुभयाे ।

निर्वाचनको मिति नजिकिँदै गर्दा घरदैलो कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढाईएकाे छ। नेता कणडेल सहित नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य भिम बहादुर थापा भरत , नेपाली काङ्ग्रेस जिल्ला काेषाध्यक्ष उत्तमा राय , जिल्ला सदस्य नरेन्द्र गुप्ता लगाएतका नेता कार्यकर्ताको साथमा घरदैलो अभियानमा लागिएकाे हाे ।

घरदैलोसँगै जनताको समस्या पनि बुझ्दै आएको प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी कण्डेलले बताउनुभयो ।

घरदैलोमा भोट माग्ने मात्र नभएर जनताको समस्याको बारेमा जानकारी लिने गरेको बताईएकाे छ ।

किसानकाे मल समस्या ,बाढिकाे समस्या ,नागरिकता समस्या , स्वास्थ्य , खानेपानी र बेरोजगारी समस्यालाई मध्यनजर गर्दै अाफुले यी समस्या समाधान गर्नकाे लागि निर्वाचानमा अाएकाे बताउनु भयाे ।

अाफु नवलपरासी २ का बासिहरुकाे समस्या समाधान गर्न सक्ने भएको हुदा निर्धक्क भएर अाफुलाई मतदान गर्न आम नागरिकसंग आग्रह गर्दै घरदैलाेमा ब्यस्त रहेकाे बताउनु भयाे ।

देशैभर निर्वाचनको माहोल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो । कण्डेलकाे नाम मुन्ना बाबु बालक देखि बृद्धसम्म सबैले सुनेको र चिनेको नाम हाे।

लामो समय राजनीति गरेर स्थानीय रुपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ ।

यसपटक फेरि जिताएर पठाउने प्रणका साथ चुनावी अभियानमा होमिएको स्थानीय मतदाताहरु बताउंछन् ।

सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिईरहेका कंडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रुपमा चिन्दछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!