Rashtriya Dainik

सत्तामा हुदा नागरिकता बिरोधी मत माग्दा मुद्धा चाहिँ नागरिकता : चौधरी

कार्तिक २७ नवलपरासी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले नागरिकताको सवाल उठाउदै नागरिकलाई अनागरिक बनाईएको बताए । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट उमेदवार रहेका चौधरीले नेकपा एमालेले नागरिकता बिधयेक पास गर्न नदिएर लाखौ नागरिकलाई नागरिक हुनबाट बञ्चित गरेको आरोप लगाए । क्षेत्र नम्बर १ ले आज बर्दघाटकोृ जिमिरेभारका आयोजना गरेको मतदाता शिक्षा कार्यक्रम मा बोल्दै उमेदवार चौधरीले नागरिकताका कारण लाखौ युवा पिढिको भविष्य अन्यौल रहेको बताए । जनताबाट निर्वाचित भएर यहाबाट जाने प्रतिपक्षका साथिहरुले सदनमा नागरिकता बिधयेकको बिरोध गर्नु भो आज फेरी नागरिकता दिलाउछौ भनेर जनतामाझ जानु भएको छ यो दोहोरो चरित्र कहिले सम्म चौधरीले भने । ह्रदयेस त्रिपाठिको महल र कारखाना व्यवस्थित हुनु तर त्यहि नजिकका बिपन्न जनताको आवास र जिवनस्तरको अवस्था हेर्दा जनताले आफै बुझ्नु पर्ने चौधरीले बताए । हामिले केरामा आधारित उधोग दर्ता गर्यौ,महिलाका जिवनस्तर उकास्न बिभिन्न कायक्रम ल्यायौ तर त्रिपाठि जिले सधै अवरोध गर्नुभो उहालाई बिकास चाहिएको हो कि केवल शत्ता चौधरीले प्रश्न गरे । जसको जिवननै औधोगिक बिकासमा,रोजगारी सिर्जना गर्न बित्यो अनि म कसरी झुठो भए उहाँ २५ बर्ष सम्म कुन आधारमा विकास प्रमि हुनु भो चौधरीको भनाई थियो । गठबन सरकार बने लगत्तै नागरिकता बिधयेक हर हालतमा पास हुने चौधरीले दावी गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित