Rashtriya Dainik

निर्वाचनका लागि भौतिक संरचना व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन

काठमाडौँ ,२७ कात्तिक। सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने भवन, प्राङ्गणलगायतका भौतिक संरचना उपलब्ध गराउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालये ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेर आवश्यक व्यवस्था मिलाउन भनेको मन्त्रालयका प्रवक्ता रुद्रसिङ तामाङले सीआईएनसँग बताउनुभयो ।

निर्वाचनका लागि मतदान केन्द्र निर्माण तथा व्यवस्थापन गर्ने कर्मचारी मङ्सिर १ गते सम्बन्धित स्थानमा पुग्ने भएकाले २ देखि ४ गतेसम्म तोकिएका सार्वजनिक विद्यालय, वडा तथा स्वास्थ्य कार्यालय, अन्य भवन तथा भौतिक संरचना उपलब्ध गराउन निर्वाचन आयोगले सरकारसँग अनुरोध गरेको थियो ।

त्यसैका आधारमा मन्त्रालयले परिपत्र गरेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित