Rashtriya Dainik

लुम्बिनी साँस्कृतिक नगरपालिकाले फोहोर व्यवास्थापन चरम लापरबाही

रुपन्देही , २७ कार्तिक

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले फोहोर व्यवास्थापनमा ठुलो लापरबाही गरेको छ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाले फोहोरमैलाले लुम्बिनीलाई दुर्गन्धित बनाउदै समाचार ब्यापक भाईरल बन्दै गएपछि त्यसलाई ब्यवस्थापनकाे लागि खासै कुनै पहल नभएको स्थानीय गुनासो ब्यक्त गरेका छन।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले दिएको प्रतिक्रिया छठ पछि लुम्बिनीको फोहोर व्यवास्थापन गर्छु प्रतिबधता दिए पछि हाल फोहोर मैला सरस्वती अभारभूत विद्यालय वडा ११, महदेवा पछाडि ब्यवास्थापन कार्य भइरहेको छ ।

स्थानीय तहले वातावरण र जनस्वास्थ्यलाई प्रतिकूल असर नगर्ने गरि दुर्गन्धित नआउने गरी आवश्यक व्यवस्था गर्नु पर्ने व्यवस्था नगरपालिकालाई अधिकार दिईएको छ तर नियम विपरित नगरपालिकाले जर्बजस्ती फोहोर मैला स्कुल पछाडि ब्यवास्थापन गरेको छ । विद्यार्थीलय मातहतमा फाेहाेर फालिएकोले यसबाट स्थानीयबासिन्दा र विद्यार्थीहरुलाई असर पर्ने भएको छ ।

जहाँ स्कुल पछाडि २०० मिटर पनि टाढा पनि छैन । त्यहाँ खोला र नदी र चिहान भएको हुदाँ र दुई जिल्लाको सिमाना जोडिएको भएकोले फोहोर मैला ब्यवास्थापन गर्नु कुनै नियमले दिईएको छैन तर गाँउको सहमति बिना र वडा अध्यक्षलाई नै जानकारी नगराई नगरपालिकाले नगर प्रमुख सजरुद्दीन मुसलमान र प्रमुख प्रसाशकिय अधिकृत भुपेन्द्र पाण्डेयको एक्लो निणर्य र जर्बजस्ती फोहोर फालेको आम जन समुदायको गुनासो छ ।


फोहोरमैला व्यवास्थापनको नाममा ८० लाख बिनियोजन गरिएको छ तर अहिले ठाँउ ठाँउमा फोहोर मैलाको ब्यवास्थापन गर्ने ल्यान्ड फिल्डको ठाँउ तोक्ने पलान्ट जडान गर्ने प्रमुख प्रसाशकिय अधिकृत भुपेन्द्र पाण्डेयले जानकारी दिइएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाले फोहोर मैला व्यपास्थापनमा लपरवाही गरि लुम्बिनी साँस्कृतिक नगरपालिका बजार क्षेत्र र गाँउहरु फोहोर र दुर्गन्धित बन्दै यसबाट जनस्वास्थामा असर पार्ने गरि रोगहरु निम्ताउन सक्ने भएकाले फोहोर मैलालाई छिटै ब्यवस्थापन गरि श्री सरस्वती अभारभूत विद्यालयका सदस्य रसियवा धोबीले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित