बिरगंज २७ कार्तिक
पर्साको क्षेत्र नम्बर ४ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार सिंगासन सा कलवारले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । निर्वाचनको मिति नजिकिदै गएसँगै उनले कोणसभा, रात्रिसभा, घरदैलो लगायतका कार्यक्रमलाई तिव्रता दिएका हुन्
सोही क्रममा कलवारले पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ जगरनाथपुर मा रात्रि कोण सभा सम्पन्न भएको छ । रात्रि कोण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार कलवारले आफुलाई मतदान गर्न आग्रह गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवार कलवारले आफुले जिते यस क्षेत्रको कायापलट गर्ने दावी गरेका छन् । जगरनाथपुरका बासिन्दाले पनि कलवारलाई नै मतदान गर्ने बताएका छन।
यस क्षेत्रमा अँझै पनि आवश्यक पूर्वाधारको अभाव रहेको गुनासो गर्दै स्थानीयले ति समस्याहरुको सम्बोधनका लागि पहल गरिदिन पनि आग्रह गरेका थिए । स्थानीयको गुनासो तथा समस्याहरु सुन्दै कलवारले आफुले सबै समस्याको सम्बोधन गरेर विकासको लहर ल्याउने दृढता व्यक्त गरेका छन् ।
रात्री सभामा कलवारसँगै जसपा र एमालेको गठबन्धनका क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जालिम मियाँ लगायत जसपा र एमालेका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

